‘चलचित्र क्षेत्रका बेथिती’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चलचित्र पत्रकार संघ नेपालको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा ‘चलचित्र क्षेत्रका बेथिती’ विषयक अन्तर्क्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । संघले नेपाली चलचित्रको सर्वोच्च संस्था चलचित्र विकास वोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन सहित चियापान तथा चलचित्र क्षेत्रका बेथिती विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाली चलचित्रकर्मी तथा चलचित्र पत्रकारहरुको उपस्थिती रहेको थियो । नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, वितरक गोपाल काजी कायस्थ, निर्देशक दीपाश्री निरौला लगायतको उपस्थिती रहेको कार्यक्रममा नेपाली चलचित्र क्षेत्र क्षेत्रमा विध्यमान बेथितीका विषयमा अन्तर्क्रिया गरिएको थियो ।

कार्यक्रममा बोल्दै विकास वोर्ड अध्यक्ष भट्टराईले नेपाली चलचित्र क्षेत्रको स्तर सुधार्न यस क्षेत्र संग सम्बन्धित सम्पूर्ण ब्यक्ती तथा संघ संस्था इमान्दार हुनु पर्ने बताए । आफु चलचित्र निती लागु गराउने पहलमा ब्यस्त भएको भन्दै उनले नयाँ चलचित्र निती लागु भएपछी चलचित्र क्षेत्रका यावत समस्याहरुको सम्बोधन र तिनको हल हुने बताए ।

नेपाली चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले जता ततै बेथिती हुनुको प्रमुख कारण नै ब्यक्ती इमान्दार हुन नसक्नु रहेको बताए । पत्रकारिता, निर्माण, वितरण, प्रदर्शन लगायत चलचित्र क्षेत्रसंग सम्बन्धित सम्पूर्ण क्षेत्र समस्याले ग्रसित रहेकोले यसको समाधान ब्यक्तीको इमान्दारिताबाट मात्र सम्भव रहेको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र क्षेत्रमा सकृय बिचौलियाका कारण निर्माताहरु डुब्ने गरेको बताए । फिल्म निर्माण गर्दै गर्दा बिचौलियाले आफ्नो फाइदा उठाइसक्ने र अन्तिममा चलचित्र प्रदर्शन हुने बेला सम्ममा निर्माता उठ्नै नसक्ने गरी डुब्ने गरेको उनको भनाई थियो । उनले लिखित सम्झौता र बजार नबुझी चलचित्रमा लगानी नगर्न नयाँ निर्मातालाई सुझाए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले पत्रकारिताको धर्म निभाउन सम्पूर्ण चलचित्र पत्रकारलाई अनुरोध गरे । उनले पत्रकारिताको नैतिकता र मान्यतामा रहेर पत्रकारिता गर्न सम्पूर्ण चलचित्र पत्रकारलाई सुझाए ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.