प्रेमगीत २ आक्रामक ओपनिङ, देशभर अधिकांस हलहरु हाउसफूल ( प्रदिपको झन बढी क्रेज ( भिडियो सहीत)

प्रेमगीत २ नेपाली बक्सअफिसमा आक्रामक देखिएको छ । मुलुकका ८० पर्दामा पहिलो दिन शतप्रतिशत अकुपेन्सी रह्यो । खचाखच हलमा दर्शकले कलाकारसँगै सिनेमा हेरे, इन्जोए गरे अनि सुखद प्रतिक्रिया पोस्टिए । हल संचालकले फुटफललाई उच्च बताएका छन् ।

क्यूएफएक्सको काठमाडौं र मोफसल हल हाउसफूल रहे । मुख्य मल्टिप्लेक्सले शुक्रबार प्रदीप खड्का स्टारर ड्रामालाई १६ सोज दिएको थियो । बुकिङमै दुई सोज सोल्डआउट थिए । शनिबार पनि उति नै सोज छन् र अधिकांश सोल्डआउट उन्मुख छन् ।

कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले सिनेमा हेरे । उनीहरुले दर्शकीय प्रतिक्रियालाई उत्साहजनक भनेका छन् । वितरक गोविन्द शाहीले पहिलो दिनको वर्ड अफ माउथ प्रभाव आगामी साता पर्ने बताए ।

दर्शकमध्ये अधिकांश तन्नेरी देखिए । तीमध्ये अधिकांश युवती भेटिए र त्यसपछि युवा । प्रदीपको क्रेज दुईवर्षपछि हलमा स्पष्ट महसुस भयो । सुखद समिक्षा प्राप्त गरेको सिनेमाले मोफसलमा समेत आक्रामक सुरुआत गरेको छ । वितरक मनोज राठी खुशि सुनिए ।

नागपञ्चमी र जनैपूर्णिमाको बिदाको दिनको फाइदा समेत फिल्मलाई पुग्यो । हलिउड र बलिउडकै ठूलो सिनेमा रिलिज नहुँदाको अर्को फाइदा पनि मिल्यो । ‘बाहुबलीपछि यति ठूलो भीड हामीले देख्यौं’ मोफसल वितरक राठीले संवाददातासँग भने ।

शनिबार अधिकांश सोज हाउसफूल छन् । यसको प्रभाव विकडेजमा पनि देखिने अनुमान हल संचालकको छ । क्यूएफएक्स वितरण प्रमुख बसन्त मानन्धरका अनुसार विकडेजमा समेत फिल्मको व्यापार आक्रामक हुनेछ । समिक्षक सामिप्य तिमल्सिनाले सिनेम्याटोग्राफी लगायतका पक्षमा प्रेमगीत २ उत्कृष्ट रहेको बताए ।

रामशरण पाठक निर्देशित सिनेमाले एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्धन्द्धको कथा पेश गर्छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको सिनेमालाई आशुसेन फिल्मसले निर्माण गरेको हो । फिल्मको सेटिङ सन् १९४५ को दोस्रो विश्वयुद्धको परिवेश हो ।

भिडियो

 

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video