फ्राइडे रिलिजमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’

चैत्र २९ शुक्रवारबाट प्रतिक्षित दुई फिल्म ‘ए मेरो हजुर ३‘ र ‘यात्रा‘ प्रदर्शनमा आएका छन् । झरना थापाको निर्देशनमा सुनिल कुमार थापाको निर्माण रहेको ए मेरो हजुर ३मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा लगायतको मुख्य भूमिका रहेको छ । फिल्ममा कथा निर्देशक झरना थापासंगै सुमन पौडेलको रहेको छ भने पटकथा तथा संवाद छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको रहेको छ । फिल्ममा आशिष अविरल, कल्याण सिंह, कोशिश क्षेत्री, पुष्पन प्रधान लगायतको संगीत समावेश छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह, राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काको सम्पादन, हिमाल केसीको द्वन्द तथा संजय लामा, सुदिप बराल र शम्भु मोक्तानको छायाँकन रहेको छ ।

सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, राजाराम पौडेल लगायतको मुख्य भूमिका रहेको ‘यात्रा’लाई सम्राट शाक्यले निर्देशन गरेका हुन् भने फिल्मका प्रस्तुतकर्ता केशव भट्टराई हुन् । फिल्ममा जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य,  विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा, विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको समेत अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरी ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.