वितरकका कारण ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ जुध्यो – केशव भट्टराई

चलचित्र विकास वोर्ड अध्यक्ष तथा फिल्म यात्राका प्रस्तुतकर्ता केशव भट्टराईले दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ जुध्नुको कारण दुई फिल्मका वितरक रहेको बताएका छन् । काठमाडौँमा चलचित्र पत्रकार संघले चलचित्र क्षेत्रका बेथिती विषयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आफुहरुको फिल्म जुध्नुको मुख्य कारण वितरक रहेको बताए । उनले पछिल्लो समय दुई फिल्मका विषयमा उत्पन्न विवादका विषयमा बोल्दै वितरक माथी दोष थुपारेका हुन् ।

यता यात्राका वितरक गोपाल काजी कायस्थले भने फिल्मको रिलिज डेट आफुले नभै फिल्म निर्माण पक्षले नै तय गरेको बताए । सोही कार्यक्रमको उपस्थित वितरक कायस्थले प्रस्तुतकर्ता भट्टराईले आफु बच्न वितरक माथी आरोप तुपरेको आरोप लगाए । उनले भने, ‘फिल्मको रिलिज डेट वितरकले निर्धारण गर्दैन । त्यो सबै निर्माण पक्षले गर्ने हो । भट्टराई ज्यूले लगाउनु भएको आरोप सरासर गलत छ ।’

वितरक कायस्थले अगाडी भने, ‘यात्रा फिल्मका वितरक मध्यका एक बिक्रम पराजुलीले ए मेरो हजुर ३ का निर्मातालाई यात्रा चैत्र २९ मा नआउने भन्ने र ए मेरो हजुर ३ मा वितरक मध्यका एक मनोज राठीले ‘ए मेरो हजुर ३’ सोा नआउने भन्दै खेल खेलेका हुन् । उनीहरुले खेलेको खेल थाहा पाएपछी बारम्बार मिटिङ भयो । तर, दुवै फिल्मको निर्माण पक्ष सर्न तयार भएन । दुवैजना साँडे भए । त्यसैले फिल्म जुधेको हो ।’

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.