२०७५मा नेपाली फिल्म (लिस्ट सहित)

नेपाली फिल्म क्षेत्रमा बर्ष ०७५मा संख्यात्मक हिसाबमा फिल्म निर्माण र प्रदर्शन बढी भयो । कुल ९२ फिल्म प्रदर्शनमा आएको (९४ मध्य २ फिल्म प्रदर्शन हुन बाँकी) मा मुस्किलले एक दर्जन फिल्मले आफ्नो लगानी उठाए होला । बाँकी फिल्म कतिको नाम नै सुनिएन भने कतिले धुलो चाटे । हिट फिल्मको लिस्ट खोज्ने हो भने हाँसो उठ्छ (चैत्र २९ गते २ फिल्म प्रदर्शन हुन बाँकी रहेकाले तिनको हिसाव किताव आगामी बर्ष ०७६मा हुनेछ) ।

‘स्वर्ग मेरो गाउँ’बाट सुरु भएको बर्ष ०७५ को फिल्म प्रदर्शन ‘लभ स्टेसन’ सम्म आइपुग्दा फिल्म क्षेत्र नर्क समान बन्न पुगेको छ । नयाँ निर्माता ‘मुर्गा’को उपनाम पाएर पलायन भए भने पुराना निर्माता उही पुरानै ढर्रामा सिमित बन्न पुगे । स्टार भनिएकाहरुको फिल्मले पनि तिनै स्टारलाई सटायर हान्नु भन्दा अरु केही गर्न सकेनन् ।

यस बर्ष आशातित फिल्महरुले नै मुख्य रुपमा निराश बनाए । कतिलाई चोरीको आरोप लाग्यो त कतिले कथा उत्कृष्ट हुँदा हुँदै पनि दर्शकको साथ पाएनन् । कन्टेन्ट बेसका फिल्म र कलाकारहरु पनि यो बर्ष चिप्लिए । कुनै कुराको चर्चा भयो यो बर्ष भने त्यो कलाकारको पारिश्रमिकको मात्रै भयो । ५० लाख पारिश्रमिक सम्मको हुइयाँ यो बर्ष सुन्न पाइयो । कलाकारमा मात्र बढेको लगानीले निर्मातालाई मात खुवायो । यो बर्ष एकै दिन ४ वटासम्म फिल्म प्रदर्शनमा आए भने असार १, कार्तिक ९ र पौष ६ गते गरी ३ वटा शुक्रवार कुनै पनि फिल्म प्रदर्शनमा आएनन् ।
यस बर्ष प्रदर्शनमा आएका फिल्महरु निम्न लिखित छन् :

वैशाख ७
स्वर्ग मेरो गाउँ, निर्देशक – राम कृष्ण बजगाईं

वैशाख १४
कोहलपुर एक्सप्रेस, निर्देशक विशाल भण्डारी
ह्याप्पी डेज, निर्देशक मिलन चाम्स

वैशाख २१
डम्मरुको डन्डी बियो, निर्देशक – छेतेन गुरुङ
भोर, निर्देशक – यादव भट्ट

वैशाख २८
लम्फु, निर्देशक – गोपाल चन्द्र लामिछाने
हिरोज, निर्देशक – एन.बी महर्जन

जेठ ४
हैरान, निर्देशक – सौगात बिष्ट

जेठ ११
सुनकेसरी, निर्देशक – अर्पण थापा
अफिसर, निर्देशक – उपेन्द्र तिमल्सिना
कोशेली, निर्देशक –

जेठ १८
अमेरिकन ब्वाइज, निर्देशक – प्रवेश पौडेल
बेबी आई लभ यू, निर्देशक – जनक पाण्डे

जेठ २५
चंगा, निर्देशक – किशोर भण्डारी
मट्टी माला, निर्देशक – टेके पौरखी राई

असार १ – (कुनै पनि फिल्म प्रदर्शनमा आएनन्)

असार ८
तिमी हुन्छौ जहाँ जहाँ, निर्देशक – विकास बस्याल

असार १५
ए सोल्टिनी, निर्देशक – निमा लामा तामाङ

असार, २२
चोखो माया, निर्देशक – दिपक लामा

असार २९
बोबी, निर्देशक – मिलन चाम्स
बाबु कान्छा, निर्देशक – सोवित बस्नेत
बिरंगना, निर्देशक – राज बहादुर साने
यो पागल मन, निर्देशक – कल्याण अधिकारी

साउन ४
भैरे, निर्देशक – एभरेष्ट सुर्य बोहोरा
पण्डित बाजेको लौरी, निर्देशक – दिपक ओली
चक्कर, निर्देशक – अनुष्का रौनियार

साउन ११
सुकुल गुण्डा, निर्देशक – मधुसुदन भट्ट
रोमियो एण्ड मुना, निर्देशक – नरेश कुमार केसी
चि मुसी चि, निर्देशक – दिनेश श्रेष्ठ

साउन १८
कायरा, निर्देशक – लक्ष्मण रिजाल
झमक बहादुर , निर्देशक – भोमन कटुवाल

साउन २५
कहीँ कतै, निर्देशक – सबिर श्रेष्ठ
टीन एज, निर्देशक – दिनेश पख्रिन
पिरिम पर्या छन्, निर्देशक – पुरण थापा

भाद्र १
जय शम्भु, निर्देशक – रुपेश तामाङ
ब्ल्याक, निर्देशक – प्रदीप श्रेष्ठ
मिस्टर भर्जिन, निर्देशक – विशारद बस्नेत

भाद्र ८
नाई नभन्नु ल ५, निर्देशक – बिकाश राज आचार्य
रेनी, निर्देशक – गिरिश रिजाल

भाद्र १५
मेरी मामु, निर्देशक – याम थापा

भाद्र २२
राम कहानी, निर्देशक – सुदर्शन थापा
रोज, निर्देशक – निरक पौडेल

भाद्र २९
साली कसको भेनाको, निर्देशक – भद्र भुजेल

असोज ५
इन्टु मिन्टू लन्डनमा, निर्देशक – रेनसा वान्तवा राई
बाध मायाले, निर्देशक – सबिर श्रेष्ठ
धुम ३, निर्देशक – जय कृष्ण बस्नेत

असोज १२
छिरिङ, निर्देशक – यश कुमार
कथा काठमाडौं, निर्देशक – संगीता श्रेष्ठ
अनुराग, निर्देशक – सत्यराज चौलागाई

असोज १९
निर्जला, निर्देशक – राजु गिरी

असोज २४
छक्का पन्जा ३, निर्देशक – दिपाश्री निरौला

असोज ३०
जय भोले, निर्देशक – अशोक शर्मा

कार्तिक ९ – (कुनै पनि फिल्म प्रदर्शनमा आएनन्)

कार्तिक १६
चङ्गा चेट, निर्देशक – दिपेन्द्र के. खनाल
मालिका, निर्देशक – रेखा थापा

कार्तिक ३०
गुन गुन, निर्देशक – पुकार भट्टराई
दैलो, निर्देशक – सुरेश उप्रेती

मङ्सिर ७
ड्रीम  गर्ल, निर्देशक – ऋषिराज आचार्य
कोइला, निर्देशक – गजेन्द्र लिंग्देल

मङ्सिर १४

शान्ति, निर्देशक – दिनेश लिंग्देल

मङ्सिर २१
प्रसाद, निर्देशक – दिनेश राउत

मङ्सिर २८
सुश्री सम्पती, निर्देशक – शुब्रतराज आचार्य
डोली, निर्देशक – राज बहादुर साने
कथा ७२, निर्देशक – प्रविन सापकोटा

पौष ६ – (कुनै पनि फिल्म प्रदर्शनमा आएनन्)

पौष १३
गोल, निर्देशक – भिम ओली

पौष २०
जय श्री दाम, निर्देशक – विप्लप उप्रेती
जेक सुकै होस्, निर्देशक – उमेश गुरुङ

पौष २७
चौका दाउ, निर्देशक – पुर्णेन्दु झा
भिलेन, निर्देशक – देवेन्द्र पाण्डे

माघ ४
द कर्मा, निर्देशक – देवकुमार श्रेष्ठ
गरुड पुराण, निर्देशक – सुबास कोइराला

माघ ११
आरोप, निर्देशक – अमर ओली
बैना, निर्देशक – दिल प्रकाश यसको

माघ १६
गोपी, निर्देशक – दिपेन्द्र लामा
रणवीर, निर्देशक – गोबिन्द सिंह भण्डारी
सय कडा दश, निर्देशक – रामशरण पाठक

माघ २५
समर लभ, निर्देशक – मुस्कान ढकाल

फाल्गुन ३
बुलबुल, निर्देशक – बिनोद पौडेल
जादुगर २ जोकर, निर्देशक – महादेव त्रिपाठी

फाल्गुन १०
रुमालै छ चिनो, निर्देशक – दिनेश सिंह ठकुरी
फिंगर प्रिन्ट, निर्देशक – नबिन निरौला
ब्वाई फ्रेन्ड, निर्देशक – मदन घिमिरे

फाल्गुन १७
क्याप्टेन, निर्देशक – दिवाकर भट्टराई
द ब्रेक अप, निर्देशक – हेमराज बिसी

फाल्गुन २४
खाग, निर्देशक – मनोज पण्डित
अदालत, निर्देशक – दिनेश लिंग्देल

चैत्र १
द म्यान फ्रम काठमाडौं, निर्देशक – पेमा धुन्द्रूप
जानी नजानी, निर्देशक – बसन्त अधिकारी
पुरानो बुलेट, निर्देशक – भिसन राई

चैत्र ८
कागजपत्र, निर्देशक – अपिल बिष्ट
प्रेमलीली, निर्देशक – फैजी फिल्म्स

चैत्र १५
साइँली, निर्देशक – रामबाबु गुरुङ
शुभ लभ, निर्देशक – सन्तोष लोहोनी

चैत्र २२
लभ स्टेशन, निर्देशक – उज्वल घिमिरे

चैत्र २९ (प्रदर्शन हुन बाँकी)
ए मेरो हजुर ३, निर्देशक – झरना थापा
यात्रा:अ म्युजिकल भ्लग, निर्देशक – सम्राट शाक्य

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.