नेपाल अाइडलको २२ अौं श्रिङ्खलामा सुरज थापाले सबैलाई रुवाए

नेपाल अाईडल २२ औ श्रिङ्खलामा सुरज थापा बने बेस्ट पर्फमर नेपाल आईडल गाला राउन्डको २२ औ श्रिङ्खलामा गायक सुरज थापा बेस्ट पर्फमर बनेका छन। नेपाली लोक गीत बिशेष यो श्रिङखलामा झलक मान गन्धर्बको आमाले सोध्लिन नी बोल को गीत गाएर उनी बेस्ट पर्फमर बनेका हुन। उनको यस् प्रस्तुतीमा जज मात्र होईन कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक तथा सम्पुर्ण प्रतियोगी समेतले स्टान्डिङ अभिएसन दिएका थीए। कार्यक्रममा सारङ्गी बादकका रुपमा उपस्थित धर्म गन्धर्बले सुरजले यो गीत गाईरहदा आफुले आफ्नो हजुर बुवा (झलक मान गन्धर्ब) स्वयम यहाँ उपस्थित भएको र उहा स्वयमले गीत गाईरहेको अनुभब भएको बताए। अथीती निर्णायकका रुपमा कार्यक्रममा उपस्थित डा। लोचन भट्टराई र कोमल ओलीले सुरजको उपस्थिती नै नेपाल आइडलको सान हो भनेर उनलाई बधाई दिएका थीए। सुरजको यस प्रस्तुतीले उनको चर्चा नेपाली संगीत आकाशमा झनै चुलाएको छ। उनको यो धमाकेदार प्रस्तुती सँगै बुधवार रिलिज गरिएको ओ प्रियाा गीत यूट्युबमा हिट हुन थालेको छ, यो समाचार तयार पर्दा सम्म रिलिज गरिएको ३० घण्टामा लग्भग १ लाख ८२ हजार चोटि हेरिसकिएको छ। शब्द संगीत र स्वर समेत सुरज कै रहेको यस गीतको भिडियो सुत्र इन्टरटेनमेन्टले निर्माण गरेको हो। हरी हुमागाईको निर्देशन रहेको उक्त भिडियोमा निराजन प्रधान र सुमी मोक्तान को अभिनय रहेको छ। भिडियो हेर्नुहोस्

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video