‘पसिना’ फर्स्ट लुक पोस्टर सार्वजनिक

फिल्म ‘पसिना’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७६ को अवसर पारेर फिल्मको तिन वटा पोस्टर सार्बजनिक गरिएको हो । केही दिनअघि फिल्म ‘पसिना’को प्रोमोसनल टाइटल गीत सार्बजनिक गरिएको थियो । मजदुरहरुको कथा व्यथा समेटिएको फिल्म ‘पसिना’को सार्बजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाललाई मुख्य स्थान दिइएको छ ।

आर. बि खत्री ‘शरद’को निर्देशन रहेको फिल्म ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको फिल्म समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश फिल्मले दिने निर्देशकले बताए । आर.बी. खत्री ‘शरद’को कथा रहेको ‘पसिना’ शान्ता ढकालले निर्माण गरेका हुन् । फिल्म बैशाख २७ गतेबाट प्रदर्शनमा आउने छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.