‘प्रेम गीत–२’ र ‘रुद्र’ को भिडन्त,कसले मार्ला वाजी

१३ साउन २०७४,काठमान्डौ । फ्राइडे रिलिज अन्तरगत शुक्रबार लिजिज भएका चलचित्र ‘प्रेम गीत–२’ ‘रुद्र’ बीच कडा टक्कर हुने भएको छ । पुराना एक्शन नायक निखिल उप्रेतीको ‘रुद्र’ र नयाँ पुस्ताका लोकप्रिय नायक प्रदीप खड्का अभिनित ‘प्रेम गीत–२’ एकै दिन रिलिज भएका हुन् ।
भिलेनका रुपमा दखिएका निर्माता समेत रहेका निखिल उप्रेतीले भने “हामीले यो चलचित्रमा निकै मेहनत गरेका छौं । लभ र एक्शन दुबै भएकाले सबै खालका दर्शकको रोजाइमा ‘रुद्र’ पर्छ भन्ने अपेक्षा गरेका छौं,”।
‘रुद्र’ मार्फत चलचित्रमा डेब्यू गरेका नव नायक विश्व शर्मा आफ्नो चलचित्र सिंगल थिएटरका लागि मात्रै नभएर मल्टिप्लेक्सका दर्शकका लागि पनि लक्षित गरेर निर्माण गरिएको बताउँछन् । “निखिल दाईलाई सिंगल थिएटरमा मात्रै रुचाइन्छ भन्ने गरिन्छ तर यो चलचित्रबाट त्यो अन्त्य हुँदैछ,” शर्माले भने, “हामीले कथा र निर्माणमा निकै मेहनत गरेका छौं । त्यो स्क्रिनमा हेरेपछि प्रमाणित हुनेमा म ढुक्क छु ।” ‘रुद्र’ ८२ वटा हलमा लाग्ने चलचित्र वितरक गोपाल कायस्थले जानकारी दिए ।

देशभरका ८० वटा हलमा एकै साथ प्रदर्शन हुने भनिएको ‘प्रेम गीत–२’ रामशरण पाठकले निर्देशन गरेका हुन,जसमा प्रदीपको अपोजिटमा अस्लेषा ठकुरी छिन् । रामजी लामिछाने निर्देशित ‘रुद्र’ मा निखिल उप्रतीसँगै विश्व शर्मा र शाहारा श्रीपाइली मुख्य भूमिकामा देखिएका छन ।
दुवै चलचित्रले दर्शकको मन जितेका छन,यसले गर्दा प्रतिस्पर्धा थप रोमन्चक हुने देखिन्छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video