प्रेमगीत २ : यस्तो छ दोस्रो दिने व्यापार (बक्सअफिस)

‘प्रेम गीत -२’ ले निकै आक्रमक कारोबार गरेको छ । पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड
१३ लाख ५६ हजार ४ सय ४५ रुपैयाँ कारोबार गरेको फिल्मले दोश्रो दिन १ करोड ४० लाख २५ हजार ६ सय ८७ रुपैयाँ कलेक्सन गर्दै कूल २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस कारोबार गरेको छ ।

शनिबार फिल्मले मोफसल तर्फ ६४ लाख ११ हजार २ सय १५ रुपैयाँ र राजधानी टेरिटोरीबाट ७६ लाख १४ हजार ४ सय ७२ रुपैयाँ कलेक्सन गर्न सफल भयो । राजधानीको हिसाव हेर्ने हो भने सर्वाधिक कलेक्सन क्यू.एफ.एक्स च्यानल, दोश्रोमा गोपीकृष्ण मुभिज र तेश्रोमा अष्टनारायण पिक्चर्स रहेका छन् । तर अष्ट र गोपीमा फिल्मले करिब ८/८ लाखको हाराहारिमा कारोबार गर्दा यी दुई हल बीचको ब्यापार अन्तर ६० हजार तल माथि मात्र छ ।

चर्चित फिल्मको सिक्वेल, हिरो प्रदीप खड्काको बढ्दो क्रेज र मेकिङ आकर्षणले फिल्मको कलेक्सन रेसियो मोफसल र राजधानीमा उस्तै देखिएको छ जुन कलेक्सन रेसियो अनमोल केसीको फिल्म तथा लुट एवं कबड्डी तथा छक्का पञ्जा बनाउँने मेकरको शैली झै आक्रमक देखियो ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video