‘रुद्रप्रिया’को अडियो गीत रिलिज- रेखा सँग रुमाल माग्दै आर्यन

 

१५ साउन,२०७४,काठमान्डौ । सुदिप बबी भूपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘रुद्रप्रिया’को अडियो गीत रिलिज भएको छ ।
रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म कात्तिक २ गते अर्थात्, लक्ष्मीपुजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउने छ ।

‘रुमाल चिनो देउ’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ ।गीतमा गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज छ । यो अडियो गीतको भिडियो साउन १८ गते सार्वजनिक गर्ने नायिका रेखा थापाले जानकारी दिइन् ।

एक्शन लभमा आधारित फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । फिल्मका सिनेम्याट्रोग्राफर सञ्जय लामा हुन् । ‘रुद्रप्रिया’ सरस्वती थापा र आर्यन फिल्म्स्ले निर्माण गरेको हो ।

यस्तो छ अडियो….

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video